Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ज्योतिषीहरूले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ भनेका छन् : केपी ओली

ज्योतिषीहरूले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ भनेका छन् : केपी ओली

  • 757
    SHARES
  • ज्योतिषीहरूले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ भनेका छन् : केपी ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी शुक्रबार वैशाख ३० गते सत्ता गठबन्धनको ढाँड भाँचिने कुरा ज्योतिषीहरूले गरेको बताएका छन् ।

    शुक्रबार देशभर हुन लागेको स्थानीय तह निर्वाचनको सन्दर्भमा आज आइतबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ‘गठबन्धन रहन्छ रहँदैन भन्ने त्यसमा मेरो कुरा छैन । तर ज्योतिषीहरूको भनाइ चैं गठबन्धनका लागि सबभन्दा ठूलो खड्को त यही वैशाख ३० गते नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नुभएछ ।  वैशाख ३० मा त उहाँहरूलाई हुन सम्म हुन्छ, क्या । ढाडै भाँचिनेगरी । यो ज्योतिषीहरूको भनाइ है । मेरो कुरा होइन । म ज्योतिषी होइन ।’  

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij