वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले विकासको संवाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएकी छिन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका-११ स्थित रासस चोकमा आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त शहर निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्वता व्यक्त गरे ।
विराटनगनर-११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए ।
केन्द्रीय सदस्य डा.संग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमा सभामा परिणत भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij