Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

  • 461
    SHARES
  • सेयर बजारमा सामान्य सुधार

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारको कारोबार  सामान्य वृद्धि भएको छ ।  सोमबार १२  दशमलव २७ अंक बढेर बजार  २२ सय ६८ दशमलव  ८५ अंकमा आएर बन्द भएको छ ।

    साताको पहिलो दिन कारोबार आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ । कारोबार रकममा पनि आइतबारको तुलनामा सोमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएकोमा  सोममबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ ।

    बजारमा सोमबार २२२ वटा कम्पनीको  २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२  कित्ता सेयर कारोबार भएको छ । २२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले  कमाउन सफल भएका छन्।  अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले सोमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ ।

    यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार  गर्न सफल भएको छ ।

    यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६  दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा  अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा  उपसमूह बढ्न सफल भएका छन् ।

    बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये  हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ।

    १३ वटा उपसमूहमध्ये सोमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल,  डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् ।

    कारोबारको आधारमा सोमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको सोमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया  बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij