Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आयोगले रुखजस्तै हरियो मतपत्र बनायो : ओली 

आयोगले रुखजस्तै हरियो मतपत्र बनायो : ओली 

  • 554
    SHARES
  • आयोगले रुखजस्तै हरियो मतपत्र बनायो : ओली 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले कांग्रेको पक्षमा रहेर मतपत्रको रंग हरियो बनाएको आरोप लगाएका छन् ।

    एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले गर्न नुहुने काम गरेको बताएका हुन् ।

    पहिले प्रयोग गरिरहेको रंग प्रयोग नगरेर आयोगले यसपटक कांग्रेसको रुख हरियो हुने भएका कारण मतपत्र नै हरियो बनाएको दाबी गरे । 

    निर्वाचन आयोगले कुनै एउटा पार्टीको पक्षमा नरहेर निष्पक्ष रुपमा काम गर्नुपर्ने उनले बताए । आयोगले कांग्रेसको इसारामा यस्ता खालका क्रियाकलापहरू गर्न नहुने उनको भनाइ छ ।

    उनले रंगको विषयमा अरू पार्टी किन नबोलेको भन्दै सबै एमालेले गर्नुपर्ने अवस्था आएको बताए ।  

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij