Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स

  • 732
    SHARES
  • टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स

    अंकारा । एक महत्वपूर्ण खोजमा टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन बाँकी छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेका छन्, जसले अश्शुर शैलीमा चित्रण गरिएका देवताहरूको जुलुस देखाउँछन् । 

    images

    खोजले प्रारम्भिक चरणहरूमा यस क्षेत्रमा अश्शुरी प्रभुत्वको जानाकारी दिने अध्ययनका लेखक तथा सोसल साइन्स युनिभर्सिटी अफ अंकाराका सेलिम फेरुह अदालीले बताए । सन् २०१७ मा लुटेराहरूले यसलाई टर्कीको बासबुक गाउँमा दुई तले घरमुनि फेला पारेपछि पुरानो भूमिगत कम्प्लेक्स उत्खनन गरिएको थियो । लुटेराहरूले त्यसको खजनालाई निशाना बनाएका थिए । तर, उनीहरूको योजनालाई प्रहरीले बिथोलिदिएको थियो ।

    प्रहरीले घटनाबारे एउटा पुरातात्विक संग्रालयलाई खबर गरेका थिए । हाल सो क्षेत्र टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको कानूनी संरक्षणअन्तर्गत छ । अध्ययन एन्टिक्युटी जर्नलमा बुधबार प्रकाशित छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology