वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बा५ख७३४५ नं को टिप्परले बा८०प६३७३ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेंशी नगरपालिका-२का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij