Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्राथमिक तहको नतिजा : कुन प्रदेशबाट कति जना उत्तीर्ण ? [नतिजासूची]

प्राथमिक तहको नतिजा : कुन प्रदेशबाट कति जना उत्तीर्ण ? [नतिजासूची]

  • 3.9K
    SHARES
  • प्राथमिक तहको नतिजा : कुन प्रदेशबाट कति जना उत्तीर्ण ? [नतिजासूची]

    काठमाडाैंं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १९ गते लिएको सामान्य विषयको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।

    images

    आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फको नतिजा सार्वजनिक गरेको छ । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

    आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ का सबै जिल्लाबाट लिखित परीक्षामा २१ हजार ४६६ परीक्षार्थी सामेल भएका थिए । उक्त परीक्षार्थी मध्ये सामान्य विषयमा ४ हजार २४७ जना मात्र उत्तीर्ण भएका छन् ।

    त्यस्तै मधेश प्रदेशमा १० हजार १०९ जना लिखित परीक्षामा सहभागी भएकाेमा ९५२ जना मात्र उत्तीर्ण भएका छन् ।

    त्यसैगरी बाग्मती प्रदेशमा लिखित परक्षिामा १७ हजार २२३ जना सहभागी मध्ये ३ हजार ७८९ जना मात्र उत्तीर्ण भएका छन् ।

    त्यसैगरी गण्डकी प्रदेशबाट सामान्य परीक्षामा १५ हजार ७९७ जना सहभागी भएका थिए । सो परीक्षामा ३ हजार ६०६ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    त्यस्तै लुम्बिनी प्रदेशबाट लिखित परीक्षामा १६ हजार ९९६ जना सहभागी भएका थिए । उक्त परीक्षामा ३ हजार ४६८ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट लिखित परीक्षामा ८ हजार २२१ जना सहभागी भएका थिए । ती मध्ये १ हजार १९१ जना उत्तीर्ण भएका छन् ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट लिखित परीक्षामा १२ हजार ८४६ जना सहभागी भएका मध्ये २ हजार १३२ मात्र उत्तीर्ण भएका छन् ।

    प्रदेश १

    मधेस प्रदेश

     बाग्मती प्रदेश

    गण्डकी प्रदेश

    लुम्बिनी प्रदेश

    कर्णाली प्रदेश

    सुदूरपश्चिम प्रदेश

     

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology