Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मतदानकै दिन यी स्थानमा हुनसक्छ वर्षा

मतदानकै दिन यी स्थानमा हुनसक्छ वर्षा

  • 482
    SHARES
  • मतदानकै दिन यी स्थानमा हुनसक्छ वर्षा

    काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन गरेको छ ।

    बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij