Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

  • 559
    SHARES
  • हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

    एजेन्सी, नयाँ दिल्ली । छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । 

    images

    दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै यात्रु थिएनन् ।

    बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए ।

    दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन । नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology