Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडीदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी, विद्यालय आउँछन् ६ जना मात्रै  

इसीडीदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी, विद्यालय आउँछन् ६ जना मात्रै  

  • 2.5K
    SHARES
  • इसीडीदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी, विद्यालय आउँछन् ६ जना मात्रै  

    डडेल्धुरा । ‘विद्यालयमा खानेपानी छैन, खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’

    images

    उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकास (इसीडी) देखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर विद्यालयमा ६ जना विद्यार्थी नियमित आउँछन् ।

    ‘भूवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । अन्त कतै विद्यालयको नाम लेखेको बोर्ड छैन । झट्ट हेर्दा जो पनि विद्यालयनै हो र भनेर झुक्किन्छन् ।

    २०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।

    ‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ उनले भने ।

    विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बाल विकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थाई र एक जना करारका शिक्षक छन् ।

    बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन्। ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन् । सांकेतिक तस्बिर 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology