वेबटिभी खबर
काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ बनियाडिहका उम्मेदवारको घरमा विस्फोट हुँदा एक महिला घाइते भएकी छिन् । नेकपा एमालेबाट वडाअध्यक्षको उम्मेदवार बनेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।
करिब साढे ४ बजे पाण्डेको घरमा विस्फोटक हुँदा उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी हुन् । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो वा होइन भन्नेबारे अझैँ खुल्न बाँकी रहेका प्रहरीले जनाएको छ ।
विस्फोटमा परी घाइते भएकी जयमालालाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत शरिरको अन्य भागसमेत जलेको छ । विस्फोटले घरमा समेत क्षति पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij