Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतले नेपालमा गहुँ निर्यात रोक्यो

भारतले नेपालमा गहुँ निर्यात रोक्यो

  • 860
    SHARES
  • भारतले नेपालमा गहुँ निर्यात रोक्यो

    काठमाडौं । भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन । रुस-युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो । 

    images

    भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो । 

    उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो । सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो । 

    नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # गहुँ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology