Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कार दुर्घटनामा क्रिकेटर साइमन्डसको निधन

कार दुर्घटनामा क्रिकेटर साइमन्डसको निधन

  • 350
    SHARES
  • कार दुर्घटनामा क्रिकेटर साइमन्डसको निधन

    काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ ।

    images

    अलराउन्डर साइमन्डसले सन् १९९८ देखि २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

    अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६-७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए ।

    यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology