Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आरुघाट गाउँपालिका–१, २ र ३ मा कांग्रेसको प्यानलै विजयी

आरुघाट गाउँपालिका–१, २ र ३ मा कांग्रेसको प्यानलै विजयी

  • 463
    SHARES
  • आरुघाट गाउँपालिका–१, २ र ३ मा कांग्रेसको प्यानलै विजयी

    गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं १, २ र ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

    आरुघाट–१ का वडा अध्यक्षका उम्मेदवार गजे घलेले ११८७ मतका साथ विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिक्रम गुरुङलाई पछि पारेका हुन् । गुरुङले ४६६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै वडा न २ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार लामिछानेले एमालेका कर्णबहादुर घलेलाई पराजित गरेका हुन् । लामिछानेले ८९४ मतका ल्याउँदा घलेले २८० मत मात्र प्राप्त गरे।

    वडा न ३ को वडाअध्यक्षमा कांग्रेसका टेकबहादुर अधिकारी ४ सय ६८ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिरबल बरामुले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

    वडा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सबै विजयी भएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij