Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

  • 463
    SHARES
  • न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

    एजेन्सी, न्युयोर्क । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

    images

    गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउँसो प्रवेश गरेका थिए । एफबीआईले सो गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । 

    पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

    १३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए ।

    तीन जना घाइतेलाई भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले संदिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology