वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो समय सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन तीन हजार ८३४ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ९९६ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ८०२ मत पाएर तेस्रो स्थानमा छिन् ।
त्यस्तै उपमेयरतर्फ एमालेकी सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले तीन हजार ५९१ मत प्राप्त गरेकी छिन् । मेयरतर्फ दोस्रो स्थानमा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठ एक हजार २७ मतका साथ दोस्रो स्थानमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij