काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टी, नेपाल (राप्रपा)ले काठमाडौंको शंखरापुरमा एक वडा जितेको छ ।
निर्वाचन अधिकृत सीता निरौलाका अनुसार वडा ३ को प्यानल नै राप्रपाले जितेको हो ।
राप्रपाबाट वडा अध्यक्षको उम्मेदवारी दिएका सूर्य तामाङले ७१४ मत ल्याएका छन् ।
उनीपछि माओवादीका कर्मबल लामाले ६०६ मत पाए । कांग्रेसका सत्यमान लामाले १४३ मत पाए भने एमालेका राजेन्द्रप्रसाद तिवारीले जम्मा ७७ मत ल्याए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology