Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

  • 668
    SHARES
  • युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

    काठमाडौं । पहिलो-टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको छ ।

    images

    नेपालका लागि पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिएकी हुन् । युगान्डाका लागि  ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाएकी हुन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भएकी थिईन्  ।

    तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौकासहित २९ रन बनाइन् । यस्तै, फ्राङ्क्लिन नजुम्बोले १२, रिता मुसामालीले १३, रिता न्याङ्गिन्डोले १८ रन बनाईन् । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिएका हुन् ।

    नेपाल र युगान्डाबीच पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology