Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

  • 550
    SHARES
  • जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

    लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेको अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

    यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरिन् ।

    कूल छ वटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए । 

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij