Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

  • 470
    SHARES
  • अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

    काबुल । १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।

    images

    तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ । 

    देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले तिनीहरूलाई विघटन गरिएको छ’, तालिबान सरकारका उप–प्रवक्ता इन्नामुल्लाह सामगानीले रोयटर्सलाई भने ।

    विघटना हुने अर्को प्रमुख विभागमा अफगानिस्तानको संविधान कार्यान्वयनको निरीक्षण आयोग  पनि छन् । १५ अगस्टमा सत्ता  कब्जा गरेपछि तालिबानले शासनमा नरम दृष्टिकोण अपनाउने संकेत गरेको थियो ।
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology