Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सुर्खेतमा निषेधाज्ञा

सुर्खेतमा निषेधाज्ञा

  • 586
    SHARES
  • सुर्खेतमा निषेधाज्ञा

    सुर्खेत । कोरोना संक्रमणको दर बढ्दै गएपछि सुर्खेतमा निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा गराउने जिल्ला सुरक्षा समितिसमक्ष सिफारिस गरेको हो ।

    वैशाख १४ गते राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

    उनले भने, ‘भोलिदेखि जिल्लाभर एक साताका लागि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय भएको छ ।’

    उनकाअनुसार कोरोना संक्रमणको दर सुर्खेतमा पनि नियन्त्रण बाहिर जाने अवस्था देखिएपछि तत्काल निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij