Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आइपीएल : हैदरावादले मुम्बईलाई हरायो

आइपीएल : हैदरावादले मुम्बईलाई हरायो

  • 459
    SHARES
  • आइपीएल : हैदरावादले मुम्बईलाई हरायो

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ । मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।

    images

    मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए ।  यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्‍यो  ।

    हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए  ।  प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौँ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ । 

  • सम्बन्धित विषय:

  • # आइपीएल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology