वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।
४० हजार ३८३ मत गन्दा पछिल्लो परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १५ हजार ३५६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् ।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा ९एमाले०का केशव स्थापितले ८ हजार १०८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ७ हजार १८९ मत प्राप्त गरेकी छिन् ।
उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डङ्गोलले १५ हजार २१७ मतसहित अग्रस्थान कायमै राखेकी छिन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा कामपाको मतगणना कार्य भइरहेको छ ।
अहिले वडा नम्बर ३, ४, ६, २९, ३० ३१ र ३२ को मतगणना कार्य जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij