वेबटिभी खबर
पोखरा । पोखरामा गठबन्धनले अग्रता करिब २ हजार पुर्याउन लागेको छ ।
मिश्रित दावी गरिएका वडाहरूको गणनामा गठबन्धन अघि देखिएको छ । मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मतको अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् ।
कोपिलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij