वेबटिभी खबर
सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।
‘राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिने घोषणा गर्छु’, उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij