Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सर्लाही सदरमुकाम रहेको मलंगवा नगरपालिकामा कांग्रेसकाे सहज जित  

सर्लाही सदरमुकाम रहेको मलंगवा नगरपालिकामा कांग्रेसकाे सहज जित  

  • 723
    SHARES
  • सर्लाही सदरमुकाम रहेको मलंगवा नगरपालिकामा कांग्रेसकाे सहज जित  

    सर्लाही । सर्लाहीको सदरमुकामसमेत रहेको मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतले हराउँदै कांग्रेसले जित हात पारेको छ । 

    images

    प्रमुखमा कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद यादव ९०७८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार निरसल साहले ४४३९ मत मात्र ल्याए । साह मलंगवाका निवर्तमान मेयर पनि हुन् । उनले कांग्रेसबाट मेयर जिते पनि फेरि टिकट नपाएपछि जसपामा प्रवेश गरेर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

    उपमेयरमा भने कडा टक्करसहित कांग्रेसकी शकुन्तलादेवी साह विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धीलाई जम्ममा ४ मतले मात्र पराजित गरिन् । शकुन्तलाले ५ हजार १ सय ४३ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकी पानोदेवीले ५ हजार १ सय ३९ मत ल्याइन् ।

    २० स्थानीय तह रहेको सर्लाहीमा ११ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले ९ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा जित हात पारेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology