Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल 

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल 

  • 343
    SHARES
  • सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल 

    काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ४ वर्षमा ल्याइएका ४ वटा बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।

    images

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चार वटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए ।

    खन्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासविना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिविना कृषिको सुधार हुन नसक्ने बताए ।

    कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए ।
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology