Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

  • 358
    SHARES
  • पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण स्थगित भई मतदान सम्पन्न भएका पालिकाहरूको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ ।

    images

    विभिन्न कारणबाट मतदान स्थगित भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरि बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो ।

    गत बैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । यस्ता मतदान केन्द्रहरूमा मतदान भइरहेको छ । निर्वाचन सम्पन्न भएका पालिकाहरूको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म ४६० पालिकाहरूको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।

    परिणाम आउन बाँकी पालिकाहरूमा मतगणना कार्य जेठ ५ गतेसम्म सम्पन्न गर्न अधिकतम् प्रयास भइरहेको आयोगले बताएको छ ।

    धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरूका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरि तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगले भनेकाे छ ।  

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा सम्पन्न गराउने आयोगको संवैधानिक दायित्व र जिम्मेवारीलाई पूर्णरूपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    विद्यमान कानुनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरूको पदावधि यही जेठ ५ गतेसम्म रहेको छ ।

    तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधि विहिन हुने अवस्थालाई मध्यनजर गरि जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरि नयाँ जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न पनि आयोगले निर्देशन दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology