Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : डा.भट्टराई

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : डा.भट्टराई

  • 624
    SHARES
  • भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : डा.भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । 

    images

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन् ।

    चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए ।

    ५० वर्षदेखि नेपालको आर्थिक विकास शून्यमा : पूर्वप्रधानमन्त्री डा.भट्टराई ५० वर्षदेखि नेपालको आर्थिक विकास शून्यमा : पूर्वप्रधानमन्त्री डा.भट्टराई

    भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि  उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ ।

    भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नो दायित्वमा राख्नुपर्ने डा.भट्टराईले बताए । 

    भूमिमा निजी स्वामित्व हटाउनुपर्छ : जसपा अध्यक्ष डा.भट्टराई भूमिमा निजी स्वामित्व हटाउनुपर्छ : जसपा अध्यक्ष डा.भट्टराई  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology