Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

नेप्सेमा समान्य सुधार 

नेप्सेमा समान्य सुधार 

  • 324
    SHARES
  • नेप्सेमा समान्य सुधार 

    काठमाडौं । सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ । हिजो मंगलबार ८४ अ‌ंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अ‌ंकमा पुगेर बन्द भएको छ ।

    images

    नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अ‌ंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अ‌ंकमा पुगेको छ । केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।

    नेप्सेमा बुधबार ७० कम्पनीका सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर १ हजार १ रुपैयाँमा  कारोबार भएको छ ।

    नेप्सेमा बुधबार  बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक,  फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टरका लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology