काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका बीरबहादुर गिरी ३ हजार ९५४ मत ल्याएर निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३ हजार ६६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिंहलाई पराजित गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology