Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सुनसरीको भोक्राहामा कांग्रेस विजयी

सुनसरीको भोक्राहामा कांग्रेस विजयी

  • 409
    SHARES
  • सुनसरीको भोक्राहामा कांग्रेस विजयी

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीकी सुनिता उराँव निर्वाचित भएका छन् ।

    images

    निर्वाचन अधिकृतको कार्यालय अनुसार अजमलले ४ हजार ६०६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महेन्द्रप्रसाद यादवले ३ हजार २७१ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, उपाध्यक्षमा सुनिताले ३ हजार ९७४ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले २ हजार ६१८ मत प्राप्त गरिन् ।

    भोक्राहा नरसिंह-१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर-२ मा न कांग्रेसका आलम अन्सारी, वडा नम्बर-३ मा नेकपा (एकीकृत समाजवादी)का धीरेन्द्रकुमार यादव, वडा नम्बर-४ मा कांग्रेसका हारुन अन्सारी, वडा नम्बर-५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर-६ मा कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर-७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर-८ मा कांग्रेसका हाजी उसमान मियाँको प्यानल विजयी भएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology