Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

  • 323
    SHARES
  • शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) उम्मेदवार विजयी भएका छन् ।

    images

    अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् । थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई १०९ मतले पराजित गरे । थपलियाले ४ हजार १८२ तथा उप्रेतीले ४ हजार ७३ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा तामाङले ४ हजार ५२० प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले ४ हजार ५६ मत प्राप्त गरिन् । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

    यस्तै, वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology