Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो?

काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो?

  • जेठ ४, २०७९ बुधवार १९:३४ बजे
  • 325
    SHARES
  • काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो?

    काठमाडौं । काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले जादु चलाइरहेका छन् ।  चुनाव चिह्न लोरौ रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने अड्कल काटिएका अर्का उम्मेदवार भने निकै पछि परेका छन् । 

    images

    पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका गणेश पौडेल अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन् । 

    काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई निकै पछि पारेका छन् । ४७ हजार ४ मत गणना हुँदा साहले १८ हजार २३७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् । बालेनले दोस्रो स्थानका स्थापितसँग ८ हजार ७२० मतान्तर कायम राखेका छन् । 

    त्यस्तै धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लौरो चुनाव चिह्नबाट गठबन्धनका उम्मेदवारलाई जितेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उनले झिनो मत अन्तरसहित अग्रता बनाइरहेका हुन् । साम्पाङले ८१४० मत ल्याएका छन् भने राईले ८१२६ मत गरेका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत पाएकी छन्। 

    तर पोखरा महानगरमा भने गणेशको मत कमजोर देखिएको छ । अहिलेसम्म  ४१ हजार ४२३ मत गणना हुँदा लौरो चुनाव चिह्न रहेका गणेशले १ हजार मत कटाउन सकेका छैनन् ।  उनले ९२९ मत पाएका छन् । उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पछि रहेका छन् । खरालले १ हजार ६९८ मत पाएका छन् ।  पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७ हजार २४२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५ हजार २१० मत पाएका छन् । 

    उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १७ हजार ४४३ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १७ हजार ३४१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology