वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले २१ हजारभन्दा बढी मत पाएका छन्।
बिहीबार बिहान ५४ हजार ६२१ मत गणना गर्दा साहले २१ हजार १११ मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत कटाएका छन् । अहिले यी दुईबीचको मतान्तर १० हजार ११३ रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १० हजार १७३ मत पाएकी छिन् ।
उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोल अग्रस्थानमा छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij