Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

मौसममा तीन वायुको असर, हावाहुरीसहित वर्षाको सम्भावना

मौसममा तीन वायुको असर, हावाहुरीसहित वर्षाको सम्भावना

  • 432
    SHARES
  • मौसममा तीन वायुको असर, हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं । आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

    राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ भने अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने ठानिएको छ ।

    शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij