वेबटिभी खबर
काठमाडौं । गृह मन्त्रालयले उपत्यकामा अहिले नै निषेधाज्ञा जारी गर्ने निर्णय नभएको बताएको छ ।
काठमाडौंका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाबीच जारी बैठकमा उपत्यकामा संक्रमण नियन्त्रणका लागि अपनाउने विकल्पबारे छलफल भइरहेको छ ।
‘उहाँहरुबीच छलफल जारी छ । बैठकको निर्णय आइनसकेको हुँदा निषेधाज्ञाबारे अहिले नै केही भन्न सकिँदैन,’ मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ।
आइतबार अपराह्न बसेको कोभिड संकट व्यास्थापन कार्यदल (सीसीएमसी) को बैठकले सहरी क्षेत्रमा ५ सय र ग्रामीण क्षेत्रमा २ सय संक्रमित पुष्टि भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न दिनेबारे सरकारसमक्ष सिफरिस गरेको छ ।
सीसीएमसीको उक्त सिफरिसमाथि छलफल र निर्णय गर्न आज केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ ।
मन्त्रिपरिषद् बैठकले सम्भवतः उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा गर्नसक्ने निर्णय दिनसक्ने भएकोले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij