Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चेल्सीले लेस्टरसंग अंक बाँड्यो

चेल्सीले लेस्टरसंग अंक बाँड्यो

  • 383
    SHARES
  • चेल्सीले लेस्टरसंग अंक बाँड्यो

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

    घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । 
    चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । 

    बराबरीसंगै ३६ खेलबाट ७१ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ ।

    अर्को खेलमा क्रिष्टल प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाँकी रहँदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

    जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ ।

    एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । 

    यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij