Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

  • 456
    SHARES
  • गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

    अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन्। लामाले एक हजार ६२४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

    कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए ।

    गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij