वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो मतान्तर कायमै राखेका छन् ।
शुक्रबार बिहान ९ः ४५ बजेको मतपरिणाम अनुसार बालेनले २७ हजार २८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ८४८ मत प्राप्त गरेका छन् । अहिले बालेन र स्थापितबीचको मतान्तर १२ हजार १८० रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ८७९ मत पाएकी छिन् ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ ।
काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij