Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

केन्द्रीय समिति बैठकका लागि कांग्रेस केन्द्रीय सदस्यको कोरोना परीक्षण गर्न स्वाब संकलन हुँदै 

केन्द्रीय समिति बैठकका लागि कांग्रेस केन्द्रीय सदस्यको कोरोना परीक्षण गर्न स्वाब संकलन हुँदै 

  • 134
    SHARES
  • केन्द्रीय समिति बैठकका लागि कांग्रेस केन्द्रीय सदस्यको कोरोना परीक्षण गर्न स्वाब संकलन हुँदै 

    काठमाडौं । केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि सोमबार स्वाब संकलन गरिएको छ । 

    पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू तथा सहयोगीहरुको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको हो । पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब संकलन गरिएको कांग्रेसले जनाएको छ । 

    कांग्रेसले सोमबारका लागि तय भएको केन्द्रीय समितिको बैठक स्थगित गरेर सबैको पिसिआर परीक्षणपछि मात्र बैठक राख्ने गरी १५ गतेलाई सारेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरुको पिसिआर जाँचपछि मात्र केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको थियो । 

    कोरोना जाँच गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइसियू र भेन्टिलेटरको उचित प्रवन्ध गर्नुपर्ने, विदेशबाट आउने नागरिकलाई नाका र विमानस्थलमा नै कोरोना परिक्षण गर्नुपर्ने बताए । उनले महामारीको विकराल अवस्थामा सरकारले तयारी गर्न ढिलाई गरेको आरोप लगाए ।

    अर्काे प्रसंगमा उनले कोरोनाकै कारण भदौमा गर्ने भनिएको पार्टीको महाधिवशन प्रभावित नहुने दावी गरे । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology