वेबटिभी खबर
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडानम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।
स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँमा धेरै विकासको काम भए पनि यहाँको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरूप नै बिग्रिएको छ । यहाँ परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन थियो ।
तर केही समय अगाडि १-१ माना चामल भए पनि वितरण गरिएको थियो । तर हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीय बताउँछन् । गुठीसँग समन्वय गरि मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने स्थानीय विन्दु घिमिरेले बताए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij