Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

  • 656
    SHARES
  • बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

    बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

    जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मतपरिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।

    जिल्लाका नौ पालिका नेकपा (एमाले) ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ, गौमुल  र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो।
    कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली  र स्वामीकार्तिक खापर गाउँपालिका जितेको  जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ। एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमाले विजय हुने भएको छ ।

    बूढीगङ्गामा मतदान कि मतगणना 
    जिल्लाका आठ पालिकाको मतपरिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । 

    एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित  हुँदा मतदातामा निराशा छाएको छ । 

    वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाएका थिए । धाँधली भएका वडामा कांग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij