वेबटिभी खबर
जनकपुरधाम । महोत्तरीको भंगाहा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगरप्रमुखमा संजीवकुमार साह निर्वाचित भएका छन् ।
साह ५ हजार ६१७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डल ५ हजार ३५४ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी शान्तीकुमारी सिंह निर्वाचित भएकी छन् ।
उनले ५ हजार ७७५ मत ल्याएर निर्वाचित भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी गंगाकुमारी सिंह दनुवार ५ हजार ३५५ मत ल्याइन्
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij