Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विद्युत् सर्ट भई आगलागी हुँदा एकको मृत्यु, एक घाइते

विद्युत् सर्ट भई आगलागी हुँदा एकको मृत्यु, एक घाइते

  • 608
    SHARES
  • विद्युत् सर्ट भई आगलागी हुँदा एकको मृत्यु, एक घाइते

    भरतपुर । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्।

    भरतपुर महानगरपालिका-१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर-१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो ।

    सोही कार्यालयमा कार्यरत भरतपुर-७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाकोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा १ः४० बजे पूर्ण नियन्त्रणमा लिइएको थियो ।

    आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij