वेबटिभी खबर
बाग्लुङ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा खराबी आएपछि बाग्लुङमा आकस्मिक अवतरण गरेको छ ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बाग्लुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।
मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij