वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मतकासाथ अग्रता कायम राखेका छन् ।
त्यसैगरी उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मतसहित पछ्याइरहेकी छिन् । तेस्रो स्थानमा रहेका प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले सबैभन्दा धेरै मत प्राप्त गरेकी छिन् । उनले ४५ हजार ८७५ मतसहित अग्रता लिइरहेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij