Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुडानमा इतिहासमै ठूलो खाद्य संकट

सुडानमा इतिहासमै ठूलो खाद्य संकट

  • 759
    SHARES
  • सुडानमा इतिहासमै ठूलो खाद्य संकट

    एजेन्सी । सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ ।

    यहाँका अधिकारीहरूले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरूले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ ।

    सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

    त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरूले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीहरूको भनाई रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij