Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • 453
    SHARES
  • सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    कञ्चनपुर । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।

    पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्करूपमा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन् ।

    सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्करूपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताए ।

    चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका हुन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारूकताका साथ अगाडि बढाइने बताए ।

    ‘पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौं उनले भने, ‘नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रूपमा कार्य गर्छौ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij