Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बौधीमाई नगरपालिकामा नेकपा एसका उम्मेदवार निर्वाचित

बौधीमाई नगरपालिकामा नेकपा एसका उम्मेदवार निर्वाचित

  • 523
    SHARES
  • बौधीमाई नगरपालिकामा नेकपा एसका उम्मेदवार निर्वाचित

    काठमाडौं । रौतहटकाे बौधीमाई नगरपालिका मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् ।

    निवर्तमान मेयर एवम् जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव निर्वाचित भएका हुन् । यादवले १८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव ४ हजार  ८१० मत ल्याएर निर्वाचित भएका हुन् ।

    यस्तै उपमेयरमा नेकपा एसकी प्रमिला देवीले ४ हजार ८९४ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले ४ हजार ४८१ मत ल्याएकी छिन् ।

    यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको ४ पालिकामा जित हासिल गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij